काठमाडौँ । साफ महिला च्यापियनसिपको सातौँ संस्करणको उपाधीका लागि नेपाल र बंगलादेशबीचको खेल सुरु भएको छ ।
प्रतियोगिताको उपाधीका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको हो । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा ठुलो संख्यामा दर्शकको उपस्थिति रहेको छ भने प्रधानमन्त्री केपी शर्मा अोली समेत रंगशाला पुुग्नुभएको छ ।
नेपाल बंगलादेशलाई पराजित गर्दै ऐतिहाँसिक उपाधी जित्ने दाउमा छ भने बंगलादेश ईतिहाँस दोहो¥याउने लक्ष्यका साथ मैदान उत्रिएको छ । नेपालले पटक पटक फाईनलमा पुगेपनि हालसम्म उपाधी जित्न सकेको छैन ।
नेपाल सेमिफाईनलमा भारतलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै छैटौँ पटक फाईनलमा पुुगेको हो भने साविक विजेता बंगलादेशले भुटानमाथि ७–१ गोलको फराकिलो जित निकाल्दै तेस्रो पटक प्रतियोगिताको फाईनल पुगेको हो ।
प्रतियोगिताको अघिल्लो संस्करणमा पनि उपाधीका लागि यी नै दुई टोलीबीच खेल भएकोमा नेपाल बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।