दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा सम्पन्न छैटौँ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी निलकण्ठेश्वर माविले जितेको छ ।
प्रतियोगिताको सुरुवातदेखि अग्रता लिएको निलकण्ठेश्वर मावि जुँगुले १० स्वर्ण सहित राष्ट्रपति रनिङ शिल्ड जितेको हो । निलकण्ठेश्वर माविले १० स्वर्ण, ११ रजत र ७ कास्य गरि प्रतियोगितामा कुल २८ पदक जितेको छ ।
प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र २ कास्य गरि ११ वटा पदक जितेको हलेश्वर मावि सूरी दोस्रो हुन सफल भएको छ भने तेस्रो स्थानमा रहेको हिमवर्ती मावि मार्वुले ५ स्वर्ण, ७ रजत र ५ कास्य गरि १७ वटा पदक जितेको छ ।
६ वटा विद्यालय सहभागि प्रतियोगितामा मानेडाँडा मावि झ्याँकुले ४ स्वर्ण, १ रजत र १ कास्य जितेको छ भने भुमेगुम्वा मावि चंखुले १ स्वर्ण, १ रजत र ५ कास्य तथा खारे मावि खारेले ३ रजत र ४ कास्य जितेको छ ।
यस्तै, प्रतियोगिता अन्र्तगत छात्र भलिबलमा निलकण्ठेश्वरले र छात्रातर्फ हलेश्वर माविले स्वर्ण जितेका छन् । आजै भएको फाईनल खेलमा निलकण्ठेश्वर माविले हलेश्वर माविलाई पारजित गर्दै छात्रतर्फको भलिबलको स्वर्ण जितेको हो । छात्रा भलिबलतर्फ भने खारे मावि खारेलाई पराजित गर्दै हलेश्वर माविले स्वर्ण जितेको छ । सोमबारदेखि सुरु भएको प्रतियोगितामा भलिवल, कबड्डी, एथलेटिक्स, हाईजम्प, लङजम्प, दौड तथा ज्यावलिङ थ्रो लगाएतका खेलहरु भएका थिए ।
प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको निलकण्ठेश्वर माविले राष्ट्रपति रनिङशिल्ड सहित २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । द्धित्तिय हुन सफल हलेश्वर माविले नगद १५ हजार तथा तेस्रो भएको हिमवर्ती माविले नगद १० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् प्रतिनिधिसभा सांसद गंगा कार्की विश्वले पुरस्कार वितरण गर्नुभएको छ । गौरीशंकर गाउँपालिकाको आयोजना र निलकण्ठेश्वर माविको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा भएको हो ।