images
images

सुरक्षण मुद्रण घोटाला प्रकरणः मुख्यसचिव अर्याल सहित १० जनालाई सफाइ, विकल पौडेल दोषी ठहर

काठमाडौँ । सुरक्षण मुद्रण घोटला प्रकरणमा निलम्वित मुख्यसचिव बैकुण्ठ अर्यालले सफाई पाएका छन् ।

विशेष अदालतले सो मुद्धामा अर्यालसहित १० जनालाई सफाई दिएको छ भने विकल पौडेलसहित दुई जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्धय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त ईजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रन केन्द्रबाट अन्तशुल्क स्टिकर छपाईका क्रममा अनियमितता गरेको आरोपमा गत असार ९ गते मुख्यसचिव अर्याल सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको थियो ।

विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल र निर्देशक सफल श्रेष्ठलाई मात्र दोषी ठहर गरेको हो । बाँकी सबैलाई सफाई दिईएको छ ।