images
images

सिन्धुलीमा विरामी बोकेको एम्बुलेन्स रोकिराखेको ट्रकमा ठोक्किँदा ५ जना घाईते

  • १४ मंसिर २०८०, बिहीबार ०८:०७

सिन्धुली । सिन्धुलीमा विरामी बोकेको एम्बुलेन्स रोकिराखेको ट्रकमा ठोक्किँदा ५ जना घाईते भएका छन् ।

सिन्धुलीबाट रामेछापतर्फ आउँदै गरेको ज १ च ८२४ नम्बरको एम्वुलेन्स गोलञ्जोर गाउँपालिका–७ माथिल्लो बारामा रोकिराखेको बा ३ ख ६७९० नम्बरको ट्रकमा ठोक्किँएको थियो । दुर्घटनामा परी एम्बुलेन्समा चालक महोत्तरी नगरपालिका–१ का इकरामुल अन्सारी, एम्बुलेन्समा सवार कलाम अन्सारी, चाबोला खातुन, अवरार अन्सारी र कुमार राउत घाईते भएका हुन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले जनाएको छ । महोत्तरीका मनाबुल अन्सारीका १ वर्षिय छोरा अवरार अन्सारी विरामी भएपछि उपचारका लागि काठमाडौंको कान्ति बाल अस्पतालमा लिएर जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको हो ।