images
images

विपी लोकमार्गमा बोलेरोेले तीन मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते

  • १४ मंसिर २०८०, बिहीबार १६:११

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विपी लोकमार्गमा बोलेरोेले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

नमोबुद्ध नगरपालिका ७ चौकीडाँडास्थित विपी लोकमार्ग सडक खण्डमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । घाइते हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ का २१ वर्षीया नविना न्यौपाने, सिन्धुली ग्याङलेक गाउँपालिका–४ का रामलाल मोक्तान, सोही स्थानका २४ वर्षीय सुशिल स्याङतान र धादिङकी २० वर्षीया ममिता गुरुङ लगायत रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पूर्व तर्फ जाँदै गरेको बागमती प्रदेश ०२–००१ च ०८२८ नम्बरको कुखुरा बोक्ने बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको बा ६५ प १४०९, बा ८७ प ६९३६ र बागमती प्रदेश ०२–०४५ प ५५३० नम्बरको तीन वटा मोटरसाइकलाई ठक्कर दिएको हो । प्रहरीका अनुसार सबै मोटरसाइकल र बोलेरो चालकलाई नियन्त्रणमा लिइएको छ ।