images
images

आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गरेर मनाउँदै

  • १५ पुष २०७९, शुक्रबार ०६:५२

काठमाडौं । आज तमु ल्होसार गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर मनाउँदैछन् ।
ल्होको अर्थ वर्ष र सारको अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । तमु ल्होसार पर्व सुर्यको किरणसँग सम्बन्धीत छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की पर्वत लगायतका जिल्लामा सुर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सुर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारको अवसरमा सरकारले आज सावर्जनिक विदा समेत दिएको छ ।