images
images

मर्स्याङ्दीमा खसेर रामेछापका महत बेपत्ता

  • १५ पुष २०७९, शुक्रबार १६:४०

काठमाडौं । लमजुङको मस्र्याङदीमा खोलामा खसेर रामेछापका एक युवक बेपत्ता भएका छन् ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ४ विजुलीकोटका अनन्त महत नदीमा खसेर बेपत्ता भएका हुन् । लमजुङको बेँसीसहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ७३३५ नम्बरको जिपमा सवार ३२ वर्षीय सशस्त्र प्रहरी जवान महत मस्र्याङदी नदीमा खसेर बेपत्ता भएको लमजुङका डीएसपी मानबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार उनको खोजीकार्यका लागि बेँसीसहरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ ।