images
images

जिरी भ्रमण वर्ष २०२५ को भव्य समापनः आजदेखि साताव्यापी खेलकुद सप्ताह सुरु

जिरी । दोलखाको पर्यटकीय नगरी जिरीमा आजदेखि खेलकुद सप्ताह सुरु भएको छ ।

जिरी भ्रमण वर्ष २०२५ को समापनको अवसरमा जिरी नगरपालिकाको आयोजनामा साताव्यापी खेलकुद सप्ताह कार्यक्रम सुरु भएको हो । जिरी भ्रमण वर्ष २०२५ को समापनको अवसरमा जिरी नगरपालिकामा जिरी नगरपालिकास्तरी खुला महिला दौड प्रतियोगिता, दोलखा र रामेछाप जिल्ला स्तरीय अन्तरपालिका पुरुष फुटबल प्रतियोतिा र दोलखा जिल्ला स्तरीय अन्तरपालिका शिक्षक भलिबल प्रतियोगिता हुनेछ ।

प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले गरेका छन् । खेलकुद सप्ताह कार्यक्रमको सुरुवाती चरणमा दोलखा जिल्ला स्तरीय अन्तरपालिका शिक्षक तथा विद्यालय कर्मचारी भलिवल प्रतियोगिता सुरु भएको छ । शिक्षक तथा विद्यालय कर्मचारी भलिवल प्रतियोगितामा दोलखा जिल्लाका ९ वटै पालिकाका खेलाडीहरु सहभागी भएका छन् ।

यस्तै, प्रतियोगितामा खुल्ला महिला दौड प्रतियोगिता भोली र दोलखा–रामेछाप जिल्ला स्तरीय अन्तरपालिका पुरुष फुटबल प्रतियोगिता शुक्रबार देखि सुरु हुने छ । आज बाट सुरु भएको यो खेल पौष २१ गतेसम्म चल्ने छ ।

उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि एवम् जिरी नगरपालिकाका नगरप्रमुख मित्र बहादुर जिरेलले जिरीको सुस्ताउँदै गएको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यका साथ जिरी भ्रमण वर्ष २०२५ को आयोजना गरेको स्मरण गरेका छन् ।

दोलखा र रामेछाप जिल्ला स्तरीय अन्तरपालिका 9 A side  पुरुष फुटबल प्रतियोगितामा प्रथम हुनेले ७५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र गरिने छ भने सेमिफाईनलमा उपविजेता हुनेलाई नगद १५ हजार प्रदान गर्ने आयोजक जिरी नगरपालिकाले जनाएको छ ।

दोलखा जिल्ला स्तरीय अन्तरपालिका शिक्षक तथा विद्यालय कर्मचारी भलिवल प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई ३५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय हुनेलाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र दिईने छ भने सात्वना हुने समूहले नगद १० हजार पाउने छ ।

यस्तै, जिरी नगरपालिका भित्रका महिला खुल्ला सडक दौड प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई ४ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतिय हुनेलाई ३ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने छ भने सान्त्वना हुनेलाई नगद २ हजार दिईने छ ।

आजको उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि एवम् जिरी नगरपालिकाका नगरप्रमुख मित्र बहादुर जिरेलले जिरीको सुस्ताउँदै गएको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यका साथ जिरी भ्रमण वर्ष २०२५ को आयोजना गरेको स्मरण गरेका छन् । उनले जिरी भ्रमण वर्ष विभिन्न कार्यक्रम गर्दै मनाएको र सफल पनि भएको बताए ।

भ्रमण वर्षको अवसरमा जिरीमा विभिन्न चरणमा खेलकुद कार्यक्रम सम्पन्न गरेको बताउँदै जिरेलले जिरी भ्रमण वर्ष २०२५ को समापनको अवसर पारेर जिरीलाई खेलकुदमय बनाउन योे प्रतियोगिता राखिएको  बताएका छन् ।