images
images

बागमती प्रदेशका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

  • १७ माघ २०७९, मंगलवार १०:३०

जिरी (दोलखा) । बागमती प्रदेशका मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद ढकाल नियुक्त हुनुभएको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले ढकाललाई नियुक्त गरेको हो । भक्तपुर नगरपालिका १० का ढकाललाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको हो । ढकाललाई प्रदेश राज्यमन्त्रीको सरह सेवा सुबिधा रहने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।