images
images

दोलखाका नयाँ प्रमुख जिल्ला अधिकारी पौडेल कार्यालय हाजिर

  • १७ माघ २०७९, मंगलवार १३:३९

दोलखा । दोलखाको नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा शेखर पौडेल आउनुभएको छ ।

सरकारले गृहमन्त्रालयका उप–सचिव पौडेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको हो । हिजो जिल्ला आइपुगेका पौडेलले आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ । सरकारले माघ ६ गते एकैपटक राजपत्रांकित प्रथम श्रेणाीका ४९ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको थियो । जसअनुसार दोलखाका तत्कालिन प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको सिरहामा सरुवा भएको छ । खतिवडाले करिव १० महिना जिल्ला सम्हाल्नुभएको थियो ।