images
images

गृहमन्त्रालयले ल्यायो नयाँ नियमः दोलखामा अब यस्ता व्यक्ति मात्रै सिडिओ भएर आउनेछन्

  • १७ माघ २०७९, मंगलवार १५:३१

दोलखा । दोलखा र रामेछाप सहित २२ जिल्लामा एक पटक प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी सम्हालिसकेका व्यक्ति मात्रै सरुवा भएर आउन पाउने भएका छन् ।

गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि २०७९ मा यस्तो व्यवस्था गरेको हो । मन्त्रालयले ल्याएको नयाँ कार्यविधिमा १२ वटा जिल्लालाई ‘क’ वर्गमा समावेश गरिएको छ भने २७ वटा जिल्लालाई ‘ख’ र २२ वटा जिल्लालाई ‘ग’ वर्गमा छुट्याइएको छ । काठमाडौं उपत्यकाका सहित क वर्गका १२ वटा जिल्लाको प्रमुख जिल्ला अधिकारी हुन गृहमन्त्रालय, विभाग वा अन्र्तगत कम्तीमा पनि एक वर्ष अनिवार्य काम गरेको हुनुपर्नेछ भने काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा पदस्थापन वा सरुवा गर्दा वा काजमा खटाउँदा ‘ख’ वर्गको खटाउनुपर्नेछ  । ‘ग’ वर्गका जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका व्यक्तिलाई मात्रै खटाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

जसअनुसार दोलखा, रामेछाप, ओखलढुंगा, अछाम, अर्घाखाँची, खोटाङ, गुल्मी, जाजरकोट, जुम्ला, डडेलधुरा, डोटी, दैलेख, धनकुटा, पर्वत, पाँचथर, प्युठान, बैतडी, भोजपुर, रोल्पा, लमजुङ, सल्यान र संखुवासभा ग बर्गमा परेका जिल्ला हुन् । कार्यविधि अनुसार यी जिल्लामा एक पटक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी भइसकेका व्यक्ति मात्रै सरुवा भएर आउनेछन् ।