images
images

अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ भत्किँदा सिन्धुपाल्चोकका युवकको मृत्यु

  • १७ माघ २०७९, मंगलवार १५:५५

संखुवासभा । संखुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ भत्किँदा सिन्धुपाल्चोकका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका २० वर्षिय सुर्य गोले तमाङ रहेका छन् । पावरहाउस रहेको स्थान चिचिलाको पुखुवास्थित सुरुङभित्र काम गर्ने क्रममा आज सुरुङ भत्किँदा तमाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तमाङको शव पोष्टमार्टमका लागि अहिले जिल्ला अस्पताल खाँदवारी ल्याइएको छ । सुरुङ भत्किँदा सिन्धुपाल्चोककै ३८ वर्षिय मंगल तमाङ र भोजपुरका ५४ वर्षिय भीम बहादुर पाण्डे घाईते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ ।