images
images

जिरी नगरपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  • १७ माघ २०७९, मंगलवार १८:२२

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा आजदेखि चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

जिरी नगरपालिकाको आयोजना तथा जिरी माविको व्यवस्थापनमा आजदेखि जिरी माविमा जिरी नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको बागमती प्रदेशसभा सांसद कुन्दनराज काफ्लेले उदघाटन गर्नुभयो । प्रतियोगितामा जिरी नगरपालिकाभित्रका ८ वटा विद्यालयको सहभागिता रहेको छ । तीन दिन सम्म चल्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत छात्र छात्राको भलिवल, लङजम्प, त्रिपलजम्प, हाइजम्प, सटपुट, ज्याबलिन र दौड हुनेछ । प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद ३० हजार सहित रनिङ शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । आजदेखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ १९ गतेसम्म जारी रहनेछ ।

जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो भने जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष रामहरि शिवाकोटीले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रतियोगिताको उद्धघाटन कार्यक्रममा पुर्व सांसद इन्द्रबहादुर खड्का, जिरी नगरपालिकी उपप्रमुख कृष्णमाया बुढोथोकी, जिरी ८ का वडाध्यक्ष कृष्णकुमार खत्री, जिरी माविका पुर्व प्रधानाध्यापक एवम् समाजसेवी टेकबहादुर जिरेल, नेकपा एमाले जिरी नगर कमिटीका अध्यक्ष केशवकुमार कार्की, नेकपा माओवादी केन्द्र जिरी नगर कमिटिका अध्यक्ष कर्मा शेर्पा, जिरी उद्योग वाणिज्य संघका उपाध्यक्ष बाबुराजा श्रेष्ठ, इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरिक्षक विष्णुबहादुर बस्नेत र विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो ।