images
images

संघीय संसदको हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्री र शीर्ष नेताहरुले सम्बोधन गर्ने

  • १८ माघ २०८१, शुक्रबार ०६:२९

काठमाडौँ । संघीय संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ ।

संघीय संसदको दुवै सदन (राष्ट्रियसभा र प्रतिनिधिसभा) को बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले हिउँदे अधिवेशनको पहिलो बैठक आजका लागि आह्वान गर्नुभएको थियो ।

आजदेखि सुरु हुने हिउँदे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री सहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सबैदलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।

सरकारले सबै अध्यादेश आजै संसदमा पेश गर्ने तयारी गरेको छ । प्रतिपक्षी दलहरुले भने सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने तयारीमा छन् । प्रतिपक्षी दलहरुले संयुक्त तथा छुट्टा छुट्टै बैठक राखेर अध्यादेशको विरोध गर्ने निर्णय गरिसकेका छन् । सरकारले संसदको अधिवेशन नबोलाएर अध्यादेशबाट शासन गर्न खोजेको प्रतिपक्षी दलहरुको आरोप छ ।