
नवलपरासी । नवलपरासीमा प्रहरीले लागुऔषध नियन्त्रणमा लिन ४ राउण्ड गोली प्रहार गरेको छ ।
प्रहरीले चार राउण्ड गोली प्रहार गरि एक जनालाई नियन्त्रणमा लिएको हो । नवलपरासीको रामग्राम नगरपालिका–१२ स्थित राजेश लोनियाको घरबाट लागुऔषध नियन्त्रणमा लिनका लागि ४ राउण्ड गोली प्रहार गरिएको डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । लोनियाले विक्रिवितरणका लागि घरमा लागुऔषध राखेको गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालयबाट ५ जनाको प्रहरी टोली उनको घरमा पुगेको थियो ।
प्रहरीले खानतलासी गर्न खोज्दा लोनियाले प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको थियो । अवस्था तनावपूर्ण बनेपछि प्रहरीले गोली प्रहार गरेको र एक राउण्ड गोली लोनियालाई लागेको प्रहरीले जनाएको छ । गोली लागेर घाईते भएका उनको उपचार भईरहेको छ ।
प्रहरीले सो स्थानबाट ९३ पुरिया ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद गरेको छ । लागुु औषध किनबेचमा संलग्न अर्का व्यक्ति भने फरार भएको र उनको खोजी भईरहेको डिएसपी बोहराले जानकारी दिनुभयो ।