images
images

१४ वर्षिया बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा एक पुरुष थुनामा

  • १७ चैत्र २०७८, बिहीबार ०७:५९

दोलखा । दोलखाको शैलुङ गाउँपालिकाकी एक बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा पक्राउ परेका पुरुष पुर्पक्षका लागि थुनामा गएका छन् ।

दोलखा जिल्ला अदालतले शैलुङ गाउँपालिकाकी १४ वर्षिया बालिकालाई जबरजस्तीरणी गरेको अभियोगमा पक्राउ परेका काठमाडौंका ३५ वर्षिय सुरज कतालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायधीश कवि प्रसाद न्यौपानेको इजलासमा मंगलबार भएको थुनछेकको बहसपछि कताली पुर्पक्षका लागि थुनामा गएको अदालतका श्रेश्तेदार शिवकुमार पोखरेलले जानकारी दिनुभयो । एक वर्षअघि शैलुङ घुम्न आएका कतालीले स्थानिय १४ वर्षिया बालिकालाई जबरजस्तीकरणी गरी फरार भएका थिए ।

लामो समयसम्म फरार रहेका उनलाई प्रहरीले गत फागुन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीमाथि प्रहरीले जबरजस्तीकरणी सम्बन्धी मुद्धामा अनुसन्धान पुरा भएपछि जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरेकोमा अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेश अनुसार कताली पूर्पक्षका लागि कारागार चलान भएका छन् ।