images
images

सत्ता गठबन्धनले स्थानीय तहसम्मै पाँच दलीय संयन्त्र बनाउने

  • १७ चैत्र २०७८, बिहीबार १३:३०

काठमाडौं । सत्ता गठबन्धनले पालिकासम्मै पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको पाँच दलिय गठबन्धनको बैठकले प्रदेश, जिल्ला र स्थानीय तहस्तरमा छुट्टा–छुट्टै संयन्त्र निर्माण गर्ने निर्णय गरेको हो । सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार सो संयन्त्रले आफ्नो क्षेत्रमा गठबन्धनको अवस्था कस्तो छ, हुन्छ भन्नेबारे विस्तृतमा प्रतिवेदन तयार गरेर केन्द्रलाई पठाउनेछ ।

बैठकले संयन्त्रहरुलाई चैत २२ गतेभित्र पाँच दलको अवस्थाबारे केन्द्रलाई प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलीदेखि हुने भारत भ्रमणका बारेमा जानकारी गराउनुभएको थियो ।