images
images

भ्रष्टाचारको आरोपमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्धा दायर

  • १७ चैत्र २०७८, बिहीबार १६:३२

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्कासहित २७ जनाविरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा आज अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाई, तत्कालीन लेखापालहरु दुर्गा बहादुर तामाङ र नोर्बु लामासहित विभिन्न उपभोक्ता समितिका पदाधिकारीविरुद्ध मुद्धा दायर गरेको हो । अख्तियारले गाउँपालिकाका अध्यक्ष खड्काविरुद्ध ४ करोड २१ लाख ७ सय ६ रुपैँया विगो दावी गरेको छ । यस्तै तत्कालीन प्रशासकीय अधिकृतहरु न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १ सय ७८ रुपैँया, तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार ५ सय ३ रुपैँया, चौलागाईविरुद्ध ३ करोड ८ लाख १८ हजार ५ सय २८ रुपैँया र लामाविरुद्ध २ करोड ९४ लाख २५ हजार २ सय २ रुपैँया विगो दावी माग गर्दै अख्तियारले मुद्धा दायर गरेको छ ।
गाउँपालिकाअन्तर्गत ४ नम्बर वडाको बिजुलिकोट, वडा नम्बर ५ नागदह र वडा नम्बर १ दुरागाउँमा विद्युतीकरण गर्न विद्युतीय सामानहरु खरिद गर्दा समिति नबनाई टेन्डर तथा सुचना जारी नगरी आफुअनुकुलको उपभोक्ता समिति गठन गरी सो कार्यको अनुगमन र प्राविधिक नापजाँच नगरी उनीहरुले भुक्तानी दिई भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो । सोही अजुरीका आधारमा अख्तियारले आवश्यक छानविन गरी विशेष अदालतमा मुद्धा दायर दायर गरेको हो ।