images
images

स्थानीय तह निर्वाचनमा मतगणना स्थलमा सीसीटीभी जडान गर्न स्थानीय तहलाई पत्राचार

  • १७ चैत्र २०७८, बिहीबार १७:०३

काठमाडौं । स्थानीय तह निर्वाचनमा सबैै मतगणना स्थलमा सीसीटीभी जडान हुने भएको छ ।

निर्वाचन आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनावको मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गरेको छ । सीसीटीभी स्थानीय तहले राख्ने र आयोगले मनिटरिङ गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

यस्तै निर्वाचनका लागि २ करोड मतपत्र छापिने जनाउँदै आयोगले आज आयुक्तहरुले प्रेसको अनुगमन गरेको जनाएको छ । छपाई आजैबाट सुरु हुनेछ । मतपत्र छपाई स्थलमा कर्नेलको नेतृत्वमा सुरक्षा व्यवस्था गरिएको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ ।