images
images

दोलखा स्थित तामाकोशी–५ को ठेक्का प्रक्रिया रद्द

  • १७ चैत्र २०७९, शुक्रबार १३:५३

दोलाखामा बन्न लागेको तामाकोशी–५ जलविद्युत आयोजनाले आफूले आह्वान गरेको ठेक्का प्रक्रिया रद्द गरेको छ ।

गत ९ साउनमा आह्वान भएको ठेक्कामा भाग लिएका कम्पनीको बोलपत्र सारभूत रुपमा प्रभावग्राही नदेखिएपछि रद्द गरिएको हो । तामाकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद भण्डारीले अनुमानित लागतभन्दा बढी मूल्यमा आर्थिक प्रस्ताव परेकाले ठेक्का रद्द भएको जानकारी दिनुभयो । । सिभिल र हाइड्रको मेकानिकलतर्फको ठेक्कामा चिनियाँ कम्पनी सिनो हाइड्रो र गेजुवा प्राविधिक मूल्यांकनमा पास भए पनि दुवैको आर्थिक प्रस्ताव खोल्दा कबोल रकम अनुमानित लागतभन्दा उच्च देखिएकाले ठेक्का प्रक्रिया नै रद्द गनुपरेको अधिकृत भण्डारीले बताउनुभयो ।

माथिल्लो तामाकोशीको ‘टेलरेस’ सुरुङबाट निस्केको पानी प्रयोग गरेर ९९.८ मेगावाट बराबर बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढाइएको आयोजनाको १६ अर्ब ४५ करोड लगानी लगानी बोर्ड, नेपालबाट स्वीकृत भइसकेको छ ।