images
images

जिरीमा किशोरी बलात्कार गरेर शिक्षक फरार

  • १७ चैत्र २०७९, शुक्रबार १४:१३

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकामा एक किशोरीलाई बलात्कार गरी शिक्षक फरार भएका छन् ।

जिरी नगरपालिका वडा नम्बर २ स्थित बौद्वभुमेश्वरी माध्यामिक विद्यालयमा अध्ययनरत १५ वर्षीया नाबालिगलाई बलात्कार गरी एक शिक्षक फरार भएका हुन् । बालिकालाई बलात्कार गरी जिरी नगरपालिका वडा नम्बर ८ स्थित कालीदेवी आधारभुत बिद्यालयमा करारमा कार्यरत विज्ञान शिक्षक गोबिन्द ओली फरार भएका हुन् । त्यसपछि नाम परिवर्तित पिडित भनिएकी (फूलमाया बुढाथोकी) को तर्फबाट उनकी आमाले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय चरिकोटमा जाहेरी दर्ता गरेकी छन् । दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले बलात्कार भएको घटनामा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएपछि हाल घटनाको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रतिवादी अझै फरार रहेका छन् ।

किशोरीलाई गत फागुन १७ गते जिरी बजारस्थित लिंकनको यार्सा होटलमा लगेर ती शिक्षकले बलात्कार गरेको खुलेको छ । पिडित पक्षले प्रहरीमा बुझाएको जाहेरीमा जिरीको यार्सा होटेलमा लगेर २ दिन राखेर पटक–पटक बलात्कार गरेको उल्लेख छ । जिरी–१ पुम्पास्थित गर्जाङढुङ्गा माविको बार्षिकोत्सव फागुन १७ गते भएको थियो । सोही विद्यालयको बार्षिकोत्सवमा ओली र किशोरीबीच चिनजान भएको थियो । वार्षिकोत्सवमा खेलकुद (भलिवल) प्रतियोगिता राखिएको थियो । उनीहरु सो कार्यक्रममा सहभागी हुन गएको बुझिएको छ । कार्यक्रम सम्पन्न भएपछि सोही क्षेत्र नजिकै पर्ने यलुङ गुम्बामा शेर्पा जातीको छेच्यु नाच भएकोले सोही कार्यक्रममा रातभरि नाचगान भएको थियो ।

राती अबेर भएपछि किशोरीसँगै रहेका अन्य साथीहरु ओलीका साथीहरुले मोटरसाइकलमा घरमा पु¥याएपनि राती शिक्षक र किशोरी मात्र थिए । सो क्रममा ओलीले उनीलाई फकाएर यार्सा गेष्टहाउसमा लगेर बलात्कार गरेको खुलेको छ । फागुन १८ र १९ गते बिहानसम्म होटलमा रहेका उनीहरु दुबै जना होटेलबाट छुटेको खुलेको छ । त्यसपछि पश्चिम घर भएका ती शिक्षक विद्यालयमा पुगेर विदामा बस्छु भन्दै फरार भएका थिए । घटनाको आज एक महिना हुँदा समेत ओली विद्यालय फर्केका छैनन् ।