रसुवा । रसुवामा चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा सुचारु भएको छ ।
शनिबार परेको चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका ‘ट्रान्सफर्मर’ उपकरणमा क्षति पुग्दा तीन दिनदेखि रसुवामा बिद्युत सेवा अवरुद्ध भएको थियो ।
क्षति भएका उपकरण तत्काल प्रतिस्थापन गरी सेवा पुनः सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण रसुवा वितरण केन्द्रले जनाएको छ ।
चट्याङबाट चारवटा ट्रान्सफर्मर क्षति पुर्याएको थियो। प्राधिकरणका प्राविधिक प्रमुख कुमार घलेका अनुसार नयाँ ट्रान्सफर्मर जडान गरेपछि विद्युत् आपूर्ति सुचारु भएको हो ।
चट्याङबाट उत्तरगया गाउँपालिकाको माझगाउँ, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चेको साप्चे, आमा छोदिङ्मो गाउँपालिकाको बहुङडाँडा गोल्जुङ र पुरानो तातोपानी क्षेत्रका ट्रान्सफर्मरमा क्षति पुगेको थियो। ट्रान्सफर्मरमा क्षति पुग्दा धुन्चेमा समेत विद्युत सेवामा समस्या देखिएको थियो।



हाम्रो अपडेट 






