दोलखा । बालबालिकाको मनोविज्ञानमा शिक्षाप्रति सकारात्मक प्रभाव पार्ने र उनीहरूलाई पढाइप्रति थप आकर्षित गर्ने उद्देश्यका साथ चरिकोटस्थित एपेक्स स्कूलले ‘दीक्षान्त समारोह’ सम्पन्न गरेको छ ।
एपेक्सले सोमवार दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा साना बिद्यार्थीहरु दीक्षित भएका छन् । २०७८ सालदेखि दीक्षान्त समारोहको आयोजना गर्न सुरु गरेको यस स्कूलले यो वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको हो ।
कार्यक्रममा बिद्यार्थी, अभिभावक र शिक्षकहरूको उत्साहजनक सहभागिता थियो । एपेक्स स्कूलका संचालक एवम् प्रिन्सिपल नसिव कायस्थले विद्यार्थीहरुलाई थप उर्जाका साथ अध्ययनकालागि प्रेरणा दिन र आत्मविश्वास जगाउने उद्धेश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।
दीक्षान्त समारोहमा बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक नृत्य र गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा बिभिन्न खेलकूल प्रतियोगिताहरुको आयाजना पनि गरिएको थियो ।
दोलखा सदरमुकाम चरिकोटका रहेको एपेक्स स्कूल जिल्लाकै लोकप्रिय निजी बिद्यालय हो । पठनपाठनका साथै अतिरिक्त क्रियाकलापमा समेत यो बिद्यालयका बिद्यार्थीहरु उत्कृष्ट हुँदै आएका छन् ।
मन्टेस्वरी प्रविधिवाट अध्यापन गरिने एपेक्समा पछिल्ला वर्ष बिद्यार्थीहरुको सहभागी समेत बढ्दै गएको छ ।





हाम्रो अपडेट 






