images
images

सुनको सिक्री लुट्पाट गर्ने काभ्रेपलाञ्चोकका एक पुरुष पक्राउ

  • १७ जेष्ठ २०८०, बुधबार १६:४६

काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुट्पाट गर्ने काभ्रेपलाञ्चोकका एक पुरुष पक्राउ परेका छन् ।

धुलिखेल नगरपालिका १ देवीटारका विष्णु तामाङलाई प्रहरीले सिक्रि लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो । पेप्सिकोलामा पैदल हिँडिरहेकी मनमाया छुजुले घाँटीमा लगाएको सुनको सिक्री उनले पछाडिबाट लुटेर फरार भएका थिए ।

फरार भएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानबाट खटिएको प्रहरी टोलीले काठमाडौँंको जोरपाटीबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मिलन केसीले जानकारी दिनुभयो ।