images
images

सिन्धुलीमा ट्याक्टरको इन्जिनमा च्यापिएर एक युवकको मृत्यु

  • १७ जेष्ठ २०८०, बुधबार १७:५३

सिन्धुली । सिन्धुलीमा ट्याक्टरको इन्जिनमा च्यापिएर एक युवकको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका वडा नम्बर २ का १३ वर्षिय लक्ष्मण विकको ट्याक्टरको इन्जिनमा च्यापिएर  मृत्यु भएको हो । बोहोरेबाट गढितर्फ जाँदै गरेको ज १ त ९९४१ नम्बरको टयाक्टरको ट्रली र इन्जिनको बिचको भाग भाँचिदा उनलाई इन्जिनले च्यापेको थियो । इन्जिनमा च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीले जनाएको छ ।

मृतक विक ट्याक्टरका सहचालक हुन् । घटनालगत्तै टयाक्टर चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।