
अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर भएका छन् ।
अमेरिकाको न्युयोर्कस्थित एक अदालतले उनलाई ३४ वटा अभियोगमा दोषी ठहर गरेको हो । योसँगै कुनै पनि फौजदारी मुद्धामा दोषी ठहर हुने पहिलो अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प बनेका छन् । पूर्वराष्ट्रपति ट्रम्पलाई प्रत्येक अपराधमा जरिवानादेखि ४ वर्षको कैद सजायसम्म हुन सक्नेछ । तर, ट्रम्पले भने आफूमाथि अपमान र धाँधली भएको आरोप लगाएका छन् । २०१६ को आम निर्वाचनमा ट्रम्पले वयस्क चलचित्र अभिनेत्री स्टे«मी डयानियल्ससँगको लुकाउने अमेरिकी डलर १ लाख ३० हजार दिएको आरोप लागेको थियो ।
त्यही आरोपमाथि न्युयोर्कको ट्रयाल जिल्ला अदालतमा ट्रम्पको मुद्धा चलेको थियो । व्यापार व्यवसाय सम्बन्धित गलत वित्तिय विवरण तथा कार्यका सबै ३४ मुद्धामा पूर्वराष्ट्रपति ट्रम्पलाई दोषी ठहर गरिएको छ ।
जुलाई १५ मा रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । त्यसले औपचारिक रुपमा पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारको रुपमा ट्रम्पको नाम घोषणा गर्ने तयारी छ ।