
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो साताभित्र आउने भएको छ ।
उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकिएकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो । हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सम्पन्न गरि ईन्ट्री तथा टेबुलेसनको काम गरिरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । अहिलेको प्रगती अनुसार असार दोस्रो साताभित्र नतिजा सार्वजानिक गर्न सकिने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताउनुभयो ।
गत चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा ५ लाख भन्दा बढि परीक्षार्थी सहभागि भएका थिए ।