images
images

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते, आवेदन दिने समय ५ गतेसम्म

  • १५ श्रावण २०७९, आईतवार ०८:३५

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको ग्रेडवृद्धि पुरक परीक्षाका लागि आवेदन खुला भएको छ ।

२०७८ सालको परीक्षामा सहभागी भएर गेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले भदौं पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विद्यार्थीले बढीमा दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५ सय राजस्व तिरेर सम्बन्धीत विद्यालयमा फाराम भर्न सक्नेछन् । परीक्षा भदौंको ११ र १२ गतेका लागि तय भएको छ । पहिलो दिन अनिवार्य अगं्रेजी र एउटा मात्रै विषयको परीक्षा दिनहरुको परीक्षा हुनेछ । साथै दुई विषयको परीक्षा दिनेहरुले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ । १२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठुलो कोड भएको विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।