images
images

खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प, दोलखामा ठूलो धक्का

  • १५ श्रावण २०७९, आईतवार ०९:१०

खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

एकाविहानै दोलखासहित देशभर धक्का महसुस हुनेगरी खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भुकम्प गएको हो । दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रेपलाञ्चोक र काठमाण्डौं उपत्यका लगायतका जिल्लामा पनि भुकम्पको ठुलै धक्का महसुस भएको थियो । खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको छ । भुकम्प बिहान ८ बजेर १३ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

क्षतिको थप विवरणबारे जानकारी प्राप्त भइनसकेको उहाँले बताउनुभयो । विपद् व्यवस्थापनमा खटिने टोली तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको पनि प्रमुख जिल्ला अधिकारी सेडाईँले जानकारी दिनुभयो ।