दोलखा । गाउँ/गाउँमा स्थानिय सरकार भएपनि दोलखाका बाढी पहिरो पिडितका लागि राहत तथा उद्धारको कार्य प्रभावकारी हुन सकेको छैन ।
सिंहदरबारको अधिकार गाउँ/गाउँमा पुगेको भनिएपनि दोलखाका बाढी पहिरो पिडितका लागि राहत तथा उद्धारको काम प्रभावकारी हुन नसकेको देखिएको छ । जिल्लाका ९ वटै स्थानिय तहमा विपद् व्यवस्थापन कोष भएपनि बाढी पहिरो पिडितलाई सामान्य त्रिपाल बाहेक केही राहत उपलब्ध हुन नसकेको पीडितहरुले गुनासो गरेका छन् । जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण ७६ भन्दा बढी घर परिवार विस्थापित भएका छन् भने करिब दुई सय घर परिवार जोखिममा परेका छन् । विशेष गरी कालिञ्चोक गाउँपालिका, जिरी नगरपालिका, तामाकोशी, मेलुङ गाउँपालिकामा बाढी पहिरोले वितण्डा मच्चाएको छ ।
पहिरोबाट सबैभन्दा बढी प्रभावित कालिञ्चोक गाउँपालिका पहिरो पिडितलाई प्रभावकारी राहत वितरण हुन सकेको छैन । बाढी र पहिरोका कारण कालिञ्चोक गाउँपालिकाका ३१ घर परिवार विस्थापित भएका छन् भने १ सय १० बढी घर जोखिममा रहेका छन् । यो वर्षको वर्षाका कारण लापिलाङको बन्देथली, रानीवन, मिजार टोल, कात्तिके टोल, काँडाबारी र सुनखानी साङ्बा सडकका घरपरिवार पहिरोबाट सबैभन्दा बढी प्रभावित भएका छन् । विस्थापित घर परिवारहरुले आफुहरु आफन्तको शरणमा बस्न बाध्य भएपनि हालसम्म प्रभावकारी राहत पाउन नसकेको दुखेसो पोखेका छन् ।गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी सहितको टोलीले पहिरोको स्थलगत अवलोकन गरेको थियो । पहिरो पिडितलाई गाउँपालिकाभित्रको सुरक्षित जग्गा भाडामा लिएर स्थानान्तरण गर्नका लागि अध्यक्ष सहितको टोलीले अवलोकन गरेपनि उनीहरुलाई राहत दिने खालको केही औपचारिक निर्णय भएको छैन
जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण ७६ भन्दा बढी घर परिवार विस्थापित भएका छन् भने करिब दुई सय घर परिवार जोखिममा परेका छन् । विशेष गरी कालिञ्चोक गाउँपालिका, जिरी नगरपालिका, तामाकोशी, मेलुङ गाउँपालिकामा बाढी पहिरोले वितण्डा मच्चाएको छ ।जिल्लाका ९ वटै स्थानिय तहमा विपद् व्यवस्थापन कोष भएपनि बाढी पहिरो पिडितलाई सामान्य त्रिपाल बाहेक केही राहत उपलब्ध हुन नसकेको पीडितहरुले गुनासो गरेका छन् ।
यस्तै, जिरी नगरपालिकामा पनि वर्षाका कारण आएको पहिरोले धेरै क्षति पु¥याएपनि पिडितले राहत पाउन सकेका छैनन् । पहिरो पिडित दिपक जिरेलले नगरपालिकाले उद्धारका लागि प्रभावकारी काम नगरेको गुनासो गरेका छन् । नगरपालिकाले पहिरो पिडितका लागि सामान्य त्रिपाल दिनुबाहेक अन्य राहत र उद्धारको काम नगरेको उहाँको भनाई छ । वर्षासँगै आएको पहिरोले जिरीका नगरपालिकाको मानेडाँडा, कुथामे, तारेभिर खरायोवन सिक्री लगायतका स्थानका ३६ घर परिवार विस्थापित भएका छन् भने वडा नम्बर ७ का ७ घर परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । यद्धपी उनीहरुलाई राहातको नाममा त्रिपाल वितरण, पहिरोको जोखिमस्थलमा ग्याविन जाली लगाउन सहगोग गर्ने बाहेक अरु काम हुन सकेको छैन । पहिरो पिडित सबै आफन्तकोमा सुरक्षित तरिकाले बसिरहेका कारण राहत दिन आवश्यक नभएकोे नगरप्रमुख मित्र बहादुर जिरेलले बताउनुभयो ।
यसैगरी, मेलुङ गाउँपालिकामा पनि लगातारको वर्षासँगै आएको पहिरोका कारण ५ घर परिवार विस्थापित भएका छन् भने ३० घर परिवार जोखिममा परेका छन् । भारी वर्षाका कारण माथिबाट पहिरो खस्दा मेलुङ गाउँपालिका वडा नम्बर ७ स्थित कात्तिकेका ५ घरपरिवार विस्थापित भएपनि उनीहरुले सामान्य त्रिपाल भन्दा केही राहत पाउन सकेका छैनन् । सो स्थानका स्थानीयले हाल आफुहरु बाढीपहिरोको डरका कारण आफन्तको बस्न बाध्य भएकोे भन्दै स्थानीय सरकार भएको आफुहरुले अनुभूति गर्न नसकेको दुखेको पोखेका छन् । पहिरो पिडितका लागि नजिकैको भवनहरु तयारी अवस्थामा राखिएपनि राहतको रुपमा सामाग्री र रकम भने नछुटयाइएको मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तमाङले जानकारी दिनुभयो ।
भारी वर्षाका कारण माथिबाट पहिरो खस्दा मेलुङ गाउँपालिका वडा नम्बर ७ स्थित कात्तिकेका ५ घरपरिवार विस्थापित भएपनि उनीहरुले सामान्य त्रिपाल भन्दा केही राहत पाउन सकेका छैनन् । माकोशी गाउँपालिकाले भने बाढी र पहिरो प्रभावितलाई सामान्य राहत प्रदान गर्ने प्रयास गरेको छ । गाउँपालिकाले क्षतिको आधारमा प्रभावितलाई ५ हजार राहत दिइने निर्णय भएपनि हालसम्म आफुहरुले केही राहत नपाएकोे स्थानीयले गुनासो गरेका छन् ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोले तामाकोशी गाउँपालिकाको मालु र जफेमा पनि चार घर विस्थापित भएका छन् भने एक दर्जन बढी घर जोखिममा परेका छन् । सो स्थलमा थप बाढी र पहिरो आएमा थप जनधनको क्षति हुने देखिएको छ । तामाकोशी गाउँपालिकाले भने बाढी र पहिरो प्रभावितलाई सामान्य राहत प्रदान गर्ने प्रयास गरेको छ । गाउँपालिकाको विपद् व्यवस्थापन समितीको बैठकले विस्थापित घरपरिवारलाई प्रतिपरिवार ५ हजार उपलब्ध गराउने निर्णय गरेको छ भने घाइतेलाई १० हजार दिने निर्णय गरेको तामाकोशी गाउँपालिकाका अध्यक्ष प्रोणप्रताप केसीले जानकारी दिनुभयो । गाउँपालिकाले क्षतिको आधारमा प्रभावितलाई ५ हजार राहत दिइने निर्णय भएपनि हालसम्म आफुहरुले केही राहत नपाएकोे स्थानीयले गुनासो गरेका छन् । तामाकोशी गाउँपालिकाको बाढी तथा पहिरो पिडितका ५ हजार दिने निर्णय गरेपनि आफुहरुलाई जानकारी नभएको स्थानिय श्यामकाजी महतले बताउनुभयो ।





पवना कार्की 






