जिरी (दोलखा) । हिमाल दोलखा हाइड्रोपावरको शेयर कारोबार रोकिएको छ ।
नेप्सेले आज दोस्रो बजारमा कम्पनीको शेयर कारोबार रोक्का गरेको हो । हाइड्रोपावर कम्पनीले बजार चलिरहेकै समयमा बोर्ड बैठक राखेको र बुकक्लोज दिन भन्दा ७ दिन अघि नै सूचना दिनु पर्नेमा त्यो समेत नदिएकोले कम्पनीलाई स्पष्टिकरण सोधि कारोबार बन्द गरेको नेप्सेले जनाएको छ । कम्पनीले गत शुक्रबार बिहान ११ बजे बोर्ड बैठक राखि ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको थियो । प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारण सभा गर्ने निर्णय गरेको छ ।
हाइड्रोपावरले साधारण सभामा विशेष प्रस्तावमा हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोडको ७ सय ५५ अनुपातमा हकप्रद शेयर निष्काशन प्रस्ताव लाने निर्णय गरेको छ । साधारण सभा प्रययोजनको लागि कम्पनीले साउन १९ गते बुकक्लोज गर्ने जनाएको छ । तर, यसको सूचना १४ गते मात्रै दिएको थियो ।










