दोलखा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवँ बागमती प्रदेश सरकारका पूर्व मन्त्री विशाल खड्काले सत्तावाट बाहिरिए पछि माओवादीलाई पार्टी बनाउने अवसर मिलेको बताउनुभएको छ ।
दुई ठूला दलहरु वीचको अपवित्र गठबन्धनले माओवादीलाई जनतामा जाने र बलियो पार्टी निर्माणमा जुट्ने अवसर मिलेको उहाँले बताउनुभयो । हाम्रो रेडियोको कार्यक्रम साझा सरोकारमा कुराकानी गर्दै नेता खड्काले माओवादीले पाएको जनमत प्रतिपक्षमै बस्नका लागि भएको र अव प्रमुख प्रतिपक्ष दलको हैसियतले संसदमा खवरदारी गर्ने र जनताका एजेण्डालाई लिएर अघि बढ्ने धारणा राख्नुभयो ।
शान्ति प्रक्रिया यता कुनै न कुनै रुपमा सरकारमा रहेको माओवादीले सत्तामा पुगेपछि सरकार संचालनको कार्यक्रममा एक रुपता हुन नसकेको र सोही कारण पार्टी टुटफुट भएर कमजोर बन्न पुगेको नेता खड्काको भनाई छ । बागमती प्रदेशका पूर्व मन्त्री समेत रहेका नेता खड्काले माओवादीले सत्तामा पुगेपछि जनअपेक्षा अनुसार काम गर्न नसकेको स्विकार गर्दै विगतको समिक्षासहित अघि बढ्नु पर्नेमा जोड दिनुभयो । माओवादी सरकारमा बस्दा पनि भ्रष्टाचारमा नफसेको र विगत भएका संस्थागत तथा नीतिगत भ्रष्टाचारका फाइल अघि बढाएपछि कांग्रेस र एमाले आत्तिएर माओवादीलाई सत्ताच्युत गरेको उहाँले बताउनुभयो ।
पूर्व मन्त्री विशाल खड्काले सत्तावाट बाहिरिए पछि माओवादीलाई पार्टी बनाउने अवसर मिलेको बताउनुभएको छ । संघ र प्रदेशमा माओवादी प्रतिपक्षमा रहेपनि दोलखामा माओवादी सत्तापक्ष भएकाले निर्वाचित जनप्रतिनिधि र स्थानीय सरकारलाई प्रभावकारी ढँगले संचालन गर्न पार्टी लागि पर्ने नेता खड्काले बताउनुभयो । २०८४ को निर्वाचनमा माओवादी पुनःशसक्त र बलियो शक्तिको रुपमा उदाउने नेता खड्काको विश्वास छ ।
विगतको समिक्षा सहित जनतामा जाने र पार्टी एकतागर्दै समाजवाद निर्माणको बाटोमा अघि बढ्दा २०८४ को निर्वाचनमा माओवादी पुनःशसक्त र बलियो शक्तिको रुपमा उदाउने नेता खड्काको विश्वास छ । माओवादी केन्द्र दोलखाका इन्चार्ज समेत रहेका युवा नेता खड्काले संघ र प्रदेशमा माओवादी प्रतिपक्षमा रहेपनि दोलखामा माओवादी सत्तापक्ष भएकाले निर्वाचित जनप्रतिनिधि र स्थानीय सरकारलाई प्रभावकारी ढँगले संचालन गर्न पार्टी लागि पर्ने बताउनुभयो ।
माओवादीवाट निर्वाचित जनप्रतिनिधि र उनीहरुले नेतृत्व गरेको सरकार अरु भन्दा फरक र जनमैत्रीहुनु पर्नेमा नेता खड्काले जोड दिनुभयो । जनप्रतिनिधिवीचको तालमेल मिलाउन र जनमुखी योजना तथा कार्यक्रम अघि बढाउनका लागि माओवादी केन्द्र जिम्मेवार ढंगले लागि पर्ने उहाँको भनाई छ ।