दोलखा । दोलखाको भीमेश्वर नगरपालिकामा एक पुरुष मृत्त फेला परेका छन् ।
भीमेश्वर नगरपालिका–६ बिमिरेका ६० वर्षीय रामबहादुर तामाङ घरदेखि करिब १ किलोमिटरको दुरीमा रहेको पानीको कुलोमा गएराति करिब ८ बजे मृत्त फेला परेका हुन् । मृत्तक तामाङ घरमा एक्लै बस्दै आएका थिए । मृत्त अवस्थामा फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दोलखाबाट खटिएको प्रहरी टोलीले घटना मुचुल्का गरी शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा ल्याएको छ ।