images
images

बैंक तथा वित्तीय संस्थामा अत्याधिक तरलता, ४० अर्ब खिच्दै राष्ट्र बैंक

  • १६ श्रावण २०८१, बुधबार १३:४६

काठमाडौँ । बैंक तथा वित्तिय संस्थाहरुमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ४० अर्ब तरलता प्रशोचन गर्ने भएको छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । बैंक तथा वित्तिय संस्थाहरुमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले २१ दिनका लागि रकम तान्ने भएको छ । साउन १३ गतेसम्मको तथ्यांक अनुसार बैंकको निक्षपको आकार ६४ खर्ब ३४ अर्ब पुग्दा ५१ खर्ब ४० अर्ब मात्रै कर्जा लगानी भएको छ । पछिल्लो समय बैंकहरुमा निक्षेप बढ्दै गएपनि कर्जा लगानी हुन नसक्दा लगानी योग्य पूँजी थुप्रिएर बसेको छ । समीक्षा अवधिमा सीडी रेसियो (कर्जा÷निक्षेप अनुपात) जम्मा ७८.४७ प्रतिशत मात्र कायम गरेका बैंकहरुसँग ७ खर्बमाथि तरलता रहेको राष्ट्र वैंकले जनाएको छ ।

बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्ने गरेको छ भने अधिक तरलता हुँदा रिभर्सरिपो मार्फत प्रशोचन गर्ने गर्दछ । तरलता प्रशोचनका लागि ईच्छुक बैंक तथा वित्तिय सांस्थहरुलाई आज दिउँसो ३ बजेसम्म अनलाईन आवेदन दिन भनिएको छ ।