काठमाडौं । दाङमा चट्याङ लागेर दुई महिलाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १२ गुर गाउँमा चट्याङ लागेर दुई महिनाको मृत्यु भएको हो । उनीहरुको पहिचान भने खुलेको छैन् । चट्याङ लागेर १२ जना घाइते भएको र उनीहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको दाङका डिएसपी राजन गौतमले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।










