images
images

चलचित्र ‘ऐना झ्यालको पुतली’को बाल गीत सार्वजनिक

  • १५ भाद्र २०७९, बुधबार ०९:५९

चलचित्र ‘ऐना झ्यालको पुतली’को बाल गीत सार्वजनिक भएको छ ।

बुसान, ढाका, फ्रिबर्ग लगायत थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय फेस्टिभलमा छनोट भएर पुरस्कृत समेत भएको सुजित बिडारी निर्देशित चलचित ‘ऐना झ्यालको पुतली’को पहिलो गीत सार्वजनिक भएको छ । ‘मेरो गाउँ ज्यामिरे’ बोलको बाल गीतमा रामबाबु सुवेदीको शब्द रचना र रामेश श्रेष्ठको संगीत रहेको छ । गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले स्वर दिएका छन् ।

रामबाबु सुवेदीले २०४० सालमा रचना गरेको गीतमा २०४२ सालमा रामेश श्रेष्ठले संगीत गरेका थिए ।