images
images

सिन्धुपाल्चोकका युवकको ढुंगाले लागेर मृत्यु

  • १५ भाद्र २०७९, बुधबार १७:०४

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका एक युवकको बाटोमाथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ माझटोलका १८ वर्षिय अमित थामीको बाटो माथिबाट खसेको ढुंगाले लागेर मृत्यु भएको हो । मामाघर मुलाबारी गाउँबाट फर्कँदै गरेका थामीलाई बाटोमाथिबाट खसेको ढुंगाले लागेको थियो । ढुंगाले लागेर उनको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक (डिएसपी) शिव बुढाथोकीले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।