images
images

निर्माणाधिन घरको छैटौं तलबाट खसेर दुई बालबालिकाको मृत्यु

  • १५ भाद्र २०७९, बुधबार २१:०३

काठमाडौं । काठमाडौंको बुद्धनगरको एक घरको छैटौं तलाबाट खसेर दुई बालबालिकाको मृत्यु भएको छ ।

आज साँझ करिब पौने ६ बजे काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित एक निर्माणाधीन घरबाट खसेर एक बालक र एक बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा भारत घर भएर पेप्सीकोला बस्दै आएका १४ वर्षीय अनिकेत राय र काठमाडौं–१२ घट्टेकुले घर भएकी १४ वर्षीया कृपिता जयसवाल रहेका छन् । ६ तलामाथीबाट खसेपछि उपचारका लागी अस्पताल लगिएको र सिभिल अस्पतालका चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।