मनाङ । मनाङमा आज बिहानै ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ३ बजेर ४७ मिनेटमा मनाङको थाचे आसपास केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । यो परकम्पन नभएर भूकम्प भएको अनुसन्धान केन्द्रका भूकम्पविद् डा. लोकविजय अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पले के कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिम भएको क्षेत्र मानिन्छ ।
यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको थियो ।