सिन्धुली । सिन्धुलीमा चट्याङ लागेर ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
जिल्लाको मरिण गाउँपालिका ७ का ६५ वर्षीय चन्द्रबहादुर माझीको चट्याङ लागेर मृत्यु भएको हो । उनलाई आज दिउँसो मरिण खोला बगरमा गाईबस्तु चराउने क्रममा चट्याङ लागेको सिन्धुली प्रहरीले जनाएको छ । चट्याङ लागेर गम्भीर घाईते भएका माझीको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरिक्षक (ईन्स्पेक्टर) धर्मराज खत्रीले जानकारी दिनुभयो ।