images
images

दोलखामा यसरी सुरु भयो गठबन्धनको चुनावी अभियान

  • १४ कार्तिक २०७९, सोमबार ०७:४६

दोलखा । दोलखामा वाम–लोकतान्त्रिक गठबन्धनले संयुक्त चुनावी अभियान सुरु गरेका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले प्रदेशसभा १ मा गौरीशंकर गाउँपालिकाको जुगुबाट र प्रदेशसभा २ मा विगु गाउँपालिकाको गोंगरबाट चुनावी अभियान सुरु गरेका हुन् । हिजोबाट चुनावि अभियान सुरु गरेका गठबन्धनका नेताहरुले प्रदेशसभा १ अन्तर्गत गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ जुँगु, वडा नम्बर २ र वडा नम्बर ३ झ्याकुमा कार्यकर्ता भेला तथा छलफल गरेका छन् भने घरदैलोमा पुगेर मतदातासँग मत समेत मागेका छन् ।

प्रदेशसभा १ का उम्मेदवार कुन्दनराज काफ्ले सहित नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य देवी खड्का, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति रुद्रबहादुर खड्का लगायतका नेताहरुले कार्यकर्ता भेला तथा छलफललाई सम्बोधन गरेका छन् । भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य एवम् नेतृ देवी खड्काले गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । उहाँले गठबन्धनलाई सहयोग गरेर जिताउन अपिल समेत गर्नुभयो । गठबन्धनको तर्फबाट प्रदेशसभा १ का उम्मेदवार कुन्दनराज काफ्लेले आसन्न निर्वाचनमा आफुले नयाँ–नयाँ विकासलाई प्राथमिकता दिनुका साथै अधुरा विकास निर्माणको कामलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो । त्यसका लागि जनमत आवश्यक रहेकाले सहयोग गर्न उहाँले मतदाता समक्ष आग्रह गर्नुभयो ।

दोलखामा वाम–लोकतान्त्रिक गठबन्धनले संयुक्त चुनावी अभियान सुरु गरेका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले प्रदेशसभा १ मा गौरीशंकर गाउँपालिकाको जुगुबाट र प्रदेशसभा २ मा विगु गाउँपालिकाको गोंगरबाट चुनावी अभियान सुरु गरेका हुन् । उनीहरुले मतदातासँग गठबन्धनलाई सहयोग गर्न अपिल गरेका छन् । हिजोदेखि सुरु भएको गठबन्धनको चुनावी अभियान मंसिर १ गतेसम्म जारी रहनेछ । उम्मेदवारहरुले घरदैलोमा पुगेर मतदातासँग मत माग्ने भएका हुन् ।

यस्तै प्रदेशसभा २ मा गठबन्धनका नेताहरुले विगु गाउँपालिकाको वडा नम्बर १ लामावगर र गोगंरमा कार्यकर्ता भेला, छलफल तथा घरदैलो कार्यक्रम गरेका छन् । कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार गंगा कार्की (विश्व), प्रदेशसभा २ का उम्मेदवार वर्मा लामा सहित नेपाली कांग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटी, माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल पाण्डे, संयोजक कुल बहादुर बुढाथोकी, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि केशव चौलागाई र नेकपा एकीकृत समाजवादीका विद्यार्थी नेता पुष्पक केसी लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् । उनीहरुले मतदातासँग गठबन्धनलाई सहयोग गर्न अपिल गरेका छन् । आजदेखि सुरु भएको गठबन्धनको चुनावी अभियान मंसिर १ गतेसम्म जारी रहनेछ । उम्मेदवारहरुले घरदैलोमा पुगेर मतदातासँग मत माग्ने भएका हुन् । गठबन्धनबाट दोलखामा प्रतिनिधिसभातर्फ नेकपा माओवादी केन्द्रका गंगा कार्की (विश्व) र प्रदेश सभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले तथा प्रदेशसभा २ मा कांग्रेसकै बर्मा लामा चुनावी मैदानमा रहेका छन् ।

single dsc-ing