images
images

दोलखाको नमूना मतपत्रः प्रतिनिधिसभामा ‘रुख’ छैन, प्रदेशमा ‘गोलाकार भित्रको हँसिया हथौडा’

दोलखा । मंसिर ४ गते हुने आमनिर्वाचनमा दोलखाको प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नमूना मतपत्र सार्वजनिक भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले प्रतिनिधिसभा र प्रदेशसभाको दुवै निर्वाचन क्षेत्रकालागि फरक–फरक मतपत्र सार्वजनिक गरेको हो । जस अनुसार प्रतिनिधिसभाको मतपत्रमा २१ वटा चुनाव चिन्ह रहेको छ भने प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा १८ र क्षेत्र नम्बर २ को मतपत्रमा १३ वटा चुनाव चिन्ह राखिएको छ । निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार सहितको नमूना मतपत्र तयार पारेको हो ।

प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको दोलखामा प्रतिनिधिसभातर्फको मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ नहुने भएको छ भने प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रको मतपत्रमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह ‘गोलाकार भित्रको हँसिया हथौडा’ हुने छैन । दोलखाको प्रत्यक्षतर्फको कुनै पनि मतपत्रमा नेकपा एकिकृत समाजवादीको चुनाव चिन्ह ‘कलम’ पनि रहने छैन । बाम–लोकतान्त्रिक गठबन्धनवाट दोलखाको प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रको उम्मेदवारी परेका कारण मतपत्रमा रुख चिन्ह नहुने भएको हो । यस्तै प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनवाट नेपाली कांग्रेसको उम्मेदवारी परेका कारण प्रदेशसभाको मतपत्रमा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हथौडा हुने छैन । नेकपा एकिकृत समाजवादीको प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवारी नरहेका कारण कलम चुनाव चिन्ह मतपत्रमा नसमेटिएको हो ।

प्रतिनिधिसभाको मतपत्रमा २१ वटा चुनाव चिन्ह रहेको छ भने प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा १८ र क्षेत्र नम्बर २ को मतपत्रमा १३ वटा चुनाव चिन्ह राखिएको छ । प्रतिनिधिसभातर्फको मतपत्रमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ नहुने भएको छ भने प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रको मतपत्रमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह ‘गोलाकार भित्रको हँसिया हथौडा’ हुने छैन ।

प्रतिनिधिसभाको मतपत्रमा २१ वटा चुनाव चिन्ह रहेकोमा पहिलो नम्बरमा एमालकेो सूर्य चिन्ह रहेको छ भने दोस्रो नम्बरमा गोलाकारभित्रको हँसिया हथौडा, तेस्रो नम्बरमा छाता र चौथो नम्बरमा हलो चिन्ह रहेको छ । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की बिश्वलाई नेपाली कांग्रेशको पनि समर्थन रहेकाले कांग्रेशको चुनाव चिन्ह नहुने भएको हो । कार्की बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् ।
यस्तै प्रतिनिधिसभाको क्षेत्र नम्बर १ र २ मा गोलाकारभित्रको हँसिया हथौडा रहने छैन । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा १८ वटा निर्वाचन चिन्ह रहेकोमा गोलाकारभित्रको हसियाँ हथौडा फेला पार्न सकिने छैन । प्रदेशसभा १ मा पहिलो नम्बरमा सूर्य, दोस्रो नम्बरमा रुख, तेस्रो नम्बरमा हलो, चौथो नम्बरमा मादल र पाँचौ नम्बरमा छाता चिन्ह रहेको छ । आठौँ नम्बरमा नेकपा मालेको चुनाव चिन्ह हँसिया र तारो रहने छ । प्रदेशसभा १ मा नेपाली कांग्रेशका नेता कुन्दनराज काफ्लेलाई नेकपा माओवादी केन्द्रको पनि समर्थन रहेकाले माओवादी केन्द्रको निर्वाचन चिन्ह गोलाकारभित्रको हँसिया हथौडा मतपत्रमा नरहेको हो । काफ्ले गठबन्धनका साझा उम्मेदवार हुन् ।

प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ को मतपत्रमा १३ वटा निर्वाचन चिन्ह रहेका छन् । प्रदेशसभा २ मा पहिलो नम्बरमा सूर्य र दोस्रो नम्बरमा रुख चिन्ह रहेको छ भने तेस्रो नम्बरमा हलो र चौथो नम्बरमा मादल रहेको छ । प्रदेशसभा २ मा पनि नेपाली कांग्रेशका उम्मेदवार बर्मा लामालाई माओवादी केन्द्रको समर्थन रहेका कारण माओवादी केन्द्रको चुनाव चिन्ह रहने छैन ।

प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्रमा पहिलो नम्बरमा नेकपा एमालेको चुनाव चिन्ह सूर्य रहेको छ । एमालेवाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा बालकृष्ण शिवाकोटी तथा प्रदेशसभा १ मा नरवहादुर श्रेष्ठ र प्रदेशसभा २ मा भरत केसीको उम्मेदवारी छ ।

प्रतिनिधिसभाको नमूना मतपत्रः

प्रदेशसभा १ को नमूना मतपत्रः

प्रदेशसभा २ को नमूना मतपत्रः