images
images

बाराका प्रिन्सिपल सर्राफको हत्यामा प्रेमीकाका ब्वाइफ्रेण्डको संलग्नता

  • १४ कार्तिक २०८०, मंगलवार ०८:५७

बारा । बारामा विद्यालयका प्रिन्सिपलको हत्यामा आफ्नै प्रेमिकाको व्वाइफ्रेन्डको संलग्नता रहेको खुलासा भएको छ ।

कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रुपेश सरार्फको हत्यामा आफ्नै प्रेमिकाका अर्का व्वाइफ्रेन्डसहित ३ जनाको संलग्नता रहेको खुलासा भएको हो । जसमा दुई जना पुरुष र एक जना महिला रहेका छन् । पक्राउ परेकाहरुको परिचय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ । प्रहरीका अनुसार विवाहित सरार्फसँग प्रेममा रहेकी महिला अर्का एक जना पुरुषसँग पनि प्रेममा रहेकी थिईन । ती पुरुषले सरार्फलाई आफ्नी प्रेमिकासँग सम्बन्ध तोड्न बारम्बार प्रेसर गरेका थिए । तर प्रेममा रहेका सरार्फले प्रेमिका छाड्न मानेका थिएनन् ।

ती महिलाका अर्का प्रेमीले गत साउन १३ र भदौ २८ गते सरार्फलाई गोली हान्ने प्रयास गरेको बाराका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार सरार्फको हत्यामा महिलाले दोहोरो भूमिका निर्वाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रिन्सिपल सर्राफमाथि हिजो दुई वटा मोटरसाइकलमा आएका समूहले गोली प्रहार गरेका थिए । सो गोली प्रहार हुँदा पहिले उनको घाँटीमा दुई वटा गरी पाँचवटा गोली प्रहार भएको थियो । गोली प्रहारबाट गम्भीर घाइते भएका उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएको मधेस प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले जानकारी दिनुभयो ।