images
images

ओखलढुंगामा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

  • १४ कार्तिक २०८०, मंगलवार ११:१३

ओखलढुंगा । ओखलढुंगामा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मानेभञ्ज्याङ गाउँपालिका ७ हर्कपुरका उमेश गौतमको घरमा आगलागी हुँदा उनकी भाउजु ३९ वर्षीया कमला दाहालको मृत्यु भएको हो । आगो निभाउने क्रममा उमेशकी श्रीमती २७ वर्षीया जानुका गौतम भने घाइते भएका छन् । घाइते भएकी उनको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हिजो अपरान्ह ४ बजे काठले बेरेको र टिनको छानो भएको एक तले भान्सा घरमा आगलागी भएको थियो ।

कमलाले चुल्होमा पेट्रोल प्रयोग गरी आगो बाल्ने क्रममा घर जलेको र उनको घटनास्थलमै मृत्यु भएको ओखलढुंगाका प्रहरी प्रवक्ता, प्रहरी नायव निरीक्षक बालिस्टर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागी हुँदा १ लाख बराबरको क्षति भएको छ ।