images
images

पर्यटन बोर्डका सिइओलाई आलेले भने, ‘यस्ता साँढेलाई राखेर बोर्ड चल्छ ?’

  • १६ पुष २०७८, शुक्रबार ०८:३६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने बताएका छन् । पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

सिइओ रेग्मीको आलोचना गर्दै मन्त्री आलेले भने-धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ? आफूलाई एकपटक जबर्जस्ती लण्डन लगेको प्रसंग कोट्याउँदै उनले त्यहाँ आफू अपमानित भएको सुनाए । ‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ?’

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ माघमा रेग्मीलाई पर्यटन बोर्डको सिइओ पदमा नियुक्त गरेको थियो । रक्सिको निहुँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीसँग झगडा गरेपछि उनी विवादमा तानिएका थिए ।