images
images

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक आज बस्दै

  • १६ पुष २०७९, शनिबार ०८:१६

काठमाडौं । बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रले संसदीय दलको नेता चयनका लागि तीब्रता दिईरहेको छ ।

दलको नेता चयनका लागि प्रदेश कमिटीको बैठक आज पनि बस्दैछ । पहिलो चरणको छलफल सहमतिमा पुग्न नसकेपनि सहमतिको प्रयास जारी रहेको हो । प्रदेश कमिटीको हिजोे बैठकमा सहमति जुट्न नसकेपछि आज दिउँसो १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा सहमति जुट्ने नेताहरुले बताएका छन् । संसदीय दलको नेतामा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल र प्रदेशका बहालवाला आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जमरकट्टेल मुख्य दाबेदारको रुपमा देखिएका छन् । यद्यपि प्रदेशका पूर्ब सामाजिक विकासमन्त्री युवराज दुलाल, माओवादी केन्द्रको प्रदेशसभाको पूर्ब उपसभामुख राधिका तमाङ, रामेछापबाट निर्वाचित सदस्य युवराज चौलागाईँ लगायतले संसदीय दलको नेतामा दाबी गर्दै आईरहेका छन् ।

जम्मरकट्टेल अघिल्लो कार्यकालमा पनि प्रदेश संसदीय दलको नेता थिए । अघिल्लो कार्यकालमा मुख्यमन्त्री बन्न नसकेपछि दोस्रो कार्यकालमा यसलाई पुरा गर्न उनले संसदीय दलको नेता हुन पर्ने दाबी गर्दै आईरहेका छन् । केन्द्रको सत्ता समीकरण अनुसार नै प्रदेशमा पनि माओवादीको हातमा मुख्यमन्त्रीको भाग पर्न सक्ने सम्भावना रहेकाले प्रदेश संसदीय दलको नेता चयन गर्न पार्टीभित्रै सहमति हुन नसकेको हो । मुख्यमन्त्रीका मुख्य दुई दाबेदार जम्म्रकट्टेल र पौडेल दुबै सहमतिमा एकले अर्कालाई छोड्ने पक्षमा देखिएका छैनन् । सहमतिबाट चयन गर्न नसकिए निर्वाचन प्रणालीमा जाने नेताहरुले बताएका छन् । निर्वाचन प्रणाली भए संसदीय दलको नेता बन्न ११ मत आवश्यक पर्दछ । बागमती प्रदेश सभामा नेकपा माओवादी केन्द्रले २१ सिट जितेको छ ।