images
images

अमेरिकन डीभी परेकालाई नक्कली सर्टिफिकेट बनाउने दोलखाका एकसहित १० जना पक्राउ

  • १९ माघ २०८०, शुक्रबार ०८:२६

काठमाडौं । अमेरिकन डिभी परेकालाई नक्कली सर्टिफिकेट बनाउने दोलखाका एकसहित १० जना पक्राउ परेका छन् ।

भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टुको नक्कली शैक्षिक सर्टिफिकेट बनाई पेस गरेको गोप्य सूचनाका आधारमा अमेरिकी दुतावाससँगको समन्वयमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा दोलखाका अशोक श्रेष्ठ, लमजुङकी रोना गुरुङ, ललितपुरका संजय महर्जन, धनुषाका विवेक उपाध्याय, मकवानपुरकी भगवती उप्रेती रहेका छन् । यस्तै चितवनका सुमन ढकाल, सिरहाका सक्षम अर्याल, सर्लाहीका सुरज अधिकारी र स्वर्णिम दाहाल तथा पर्साका पुरुषोत्तम मल्लिक नक्कली सर्टिफिकेट बनाउने आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीले अमेरिकन दुतावासबाट विवेकसहित ३ जनालाई नक्कली शैक्षिक प्रमाणपत्रसहित नियन्त्रण लिएको थियो । यस विषयमा अनुसन्धान गर्दै नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न सञ्जयलगायतको संलग्नता रहेको खुलेको थियो । त्यसपछि प्रहरीले ७ जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।