images
images

घाईते सडकमा ढलिरहँदा प्रहरी र यात्रु तस्वीर खिच्न व्यस्त, समयमा उपचार नपाउँदा गयो ज्यान

जिरी (दोलखा) । दुर्घटनामा परी गम्भीर घाईते भएका दोलखाको बैतेश्वर गाउँपालिकाका एक युवकले बाँच्ने सम्भावना हुँदाहुँदै ज्यान गुमाउनु परेको छ ।

सिन्धुपाल्चोकमा सवारी दुर्घटनामा परि गम्भीर घाइते भएका बैतेश्वर गाउँपालिका –७ मार्वुका २३ वर्षीय विश्वराज श्रेष्ठले मुकदर्शक मानिसको भिडकै अगाडी छट्पटाएर ज्यान गुमाउन बाध्य भएका हुन् । मंगलवार दिउँसो करिब साँढे १ बजे काठमाडौंबाट दोलखा आउँदै गरेको पूर्व अरनिको यातायातको बा ३ ख ५३०८ नम्बरको बसले दोलखाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३–०२–०१३ प ३५८६ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको थियो ।

लामोसाँगु जिरी सडकको सिन्धुपाल्चोकस्थित १६ किलो सडक खण्डमा दुर्घटनामा परी मोटरसाइकल चालक श्रेष्ठ गम्भिर घाईते भएका थिए । खुट्टामा उनको गम्भीर चोट लागेर रक्तश्राव भइरहेको थियो । तर, बसमा सवार यात्रु र स्थानीयवासीले घाईतेलाई उद्धार गर्नुको सट्टा मुकदर्श बनेर हेरिरहे । घाईते श्रेष्ठको बाँया खुट्टा काम नलाग्ने गरी भाँचिएको थियो । उनको शरीरवाट बगेको रगतले सडक रक्ताम्बय भएको थियो । उनले बोकेको कालो झोला वीच सडकमा अलपत्र थियो । खुट्टा नचलेपछि सडक किनारमा दुवै हात पछाडि टेकेर उद्धारको याचना गरिरहेका श्रेष्ठलाई कसैले पनि उद्धार गरेनन्। नजिकै जम्मा भएको भीडमा रहेका मानिसहरु तस्वीर र भिडियो खिच्न व्यस्त थिए भने कोही कम्मरमा हात समाएर बसेको दृश्य सामाजिक सञ्जालमा भाईरल भईरहेको छ ।
त्यो भीड यतिसम्म निर्दयी र मानवता शुन्य थियो की, कोही कसैले पनि घाईते श्रेष्ठको रगत बगिरहेको खुट्टामा कपडाले भए पनि बेरेर रक्तश्राव रोक्न सहयोग गरेनन् ।

 उनको गम्भीर चोट लागेर रक्तश्राव भइरहेको थियो । तर, बसमा सवार यात्रु र स्थानीयवासीले घाईतेलाई उद्धार गर्नुको सट्टा मुकदर्श बनेर हेरिरहे । घाईते श्रेष्ठको बाँया खुट्टा काम नलाग्ने गरी भाँचिएको थियो । उनको शरीरवाट बगेको रगतले सडक रक्ताम्बय भएको थियो । उनले बोकेको कालो झोला वीच सडकमा अलपत्र थियो । खुट्टा नचलेपछि सडक किनारमा दुवै हात पछाडि टेकेर उद्धारको याचना गरिरहेका श्रेष्ठलाई कसैले पनि उद्धार गरेनन्।

दुर्घनास्थलवाट करिव एक किलो मिटरको दुरीमा रहेको पाखर प्रहरी चौकीका प्रहरी समेत ढिलोगरी घटनास्थल पुगेका थिए । प्रहरी पुग्दासम्म श्रेष्ठको शरीरवाट धेरै रगत बगिसकेको थियो । बसमा सवार यात्रुका अनुसार घाईतेले हेलिकोप्टर मगाई दिन आग्रह समेत गरेका थिए । उनको आग्रहलाई बसका यात्रु, स्थानीय र प्रहरीले सुनेको नसुने झैं गरे ।

ढिलोगरी घटनास्थल पुगेको प्रहरीले पनि घाईतेको उद्धार गर्न छाडेर तस्वीर र भिडियो खिच्न लाग्यो । घटनामुचुल्का बनाएर मात्रै घाईतेलाई अस्पताल पठाईयो । यो वीचमा दुर्घटनास्थल हुँदै गुड्ने सवारीका साधनले समेत घाईतेलाई उद्धार गरेनन् । दुर्घटनाका घटनामा घाईतेलाई पहिले उद्धार गरेर बाँकी प्रक्रिया अघि बढाउनु पर्दछ । घाईतेको जीवन रक्षा पहिलो प्राथमिकता हो । तर, सिन्धुपाल्चोक दुर्घटनामा प्रहरी समेत घाईतेलाई समयमा उद्धार गर्न चुकेको देखिएको छ ।

ढिलागरी घाईतेलाई घटनास्थलबाट केही किलोमिटरको दुरीमा रहेको सिन्धुसदाबहार अस्पतालमा पुर्याइएको थियो । सो अस्पतालका डा. देवेन्द्र गौतमले निकै ढिला गरी घाइतेलाई अस्पताल ल्याएको र तत्कालै काठमाडौं रिफर गरेको बताउनुभयो । उहाँका अनुसार घाइतेको समयमै उपचार हुन नसक्दा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो । सिन्धु सदावहार अस्पतालले रिफर गरेका घाईते श्रेष्ठ भक्तपुरको साँगा पुग्दा समेत बोल्दै गरेको उद्धारमा संलग्नहरुले बताएका छन् । तर, बिएण्डबि अस्पताल पुर्याउनासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

श्रेष्ठ वैदेशिक रोजगारीको क्रममा फ्रान्स जानकालागि कागजात लिएर काठमाडौं जाने क्रममा दुर्घटनामा परेका हुन् । दुर्घटनामा उनी सवार मोटरसाईकल समेत पूर्णरुपमा क्षेतिग्रस्त भएको छ । ठक्कर दिने बस र चालक श्याम वहादुर थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक श्रेष्ठको शव काठमाडौंमा रहेको छ ।