images
images

प्रहरीको जागिर छाडेर रुसी सेनामा भर्ना भएका दोलखा मेलुङका युवकको मृत्यु

  • ११ मंसिर २०८०, सोमबार २१:३५

जिरी (दोलखा) । दोलखाको मेलुङ गाउँपालिकाका एक पुरुषको रुसमा मृत्यु भएको छ ।

केही महिना अघि मात्रै रोजगारीको सिलसिलामा रुस पुगेका मेलुङ गाउँपालिका वडा नम्बर ६ स्थित सुनारपानीका अन्दाजी ३५ वर्षीय राजकुमार रोकाको मृत्यु भएको हो । रसियन सेनामा भत्र्ती भएर तालिम गरिरहेका उनको गत कात्र्तिक २९ गते नै मृत्यु भएपनि परिवार र आफन्तजनले आज मात्रै मृत्युको खबर पाएका छन् । रसियन सेनामा भर्ती भई बंकर तालिममा रहेका उनको आज मृत्युको खबर आएको त्रिभुवन मावि मेलुङका प्रधानाध्यापक सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । यसअघि नेपाल प्रहरीमा रहेका उनी पेन्सन नभई दुई महिना अघि रुस गएका थिए । रसियन सेनामा रहेका उनी सहित तीन नेपालीको भिडन्तमा परि मृत्यु भएको हो । अन्य दुई जनाको नाम, ठेगना लगायतको विवरण प्राप्त हुन बाँकी छ ।