images
images

दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष तमाङको निधन

  • ३१ असार २०८०, आईतवार १५:२६

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको निधन भएको छ ।

गौरीशंकर गाउँपालिका–६ चंखु स्थायी घर भएका तमाङको आज निधन भएको हो । उपाध्यक्ष तमाङको निधन भएपनि अस्पतालले औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि दुई दिनअघि अस्पताल भर्ना भएका तमाङको आज उपचारका क्रममा गंगालाल ह्ृदयरोग केन्द्र बाँसबारीमा निधन भएको हो । तमाङ कामको शिलशिलामा काठमाडौं पुगेका बेला एक्कासी पेट दुख्ने र पखाला लाग्ने समस्या भएपछि दुईदिनअघि भक्तपुरको मध्यपुर थिमि अस्पतालमा भर्ना भएका थिए ।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई मुटुमा समस्या देखिएको आशंकामा मध्यपुर थिमि अस्पतालले गंगालाल ह्ृदयरोग केन्द्र बाँसबारी रिफर गरेको थियो । तमाङलाई हिजोबाटै सिसियु कक्षमा राखेर उपचार गरिएकोमा स्वास्थ्यमा जटिल समस्या देखिएपछि आज दिउँसो शल्यक्रिया गरिएको पारिवारीक स्रोतले जनाएको छ । तमाङको निधनको खवरपछि गौरीशंकर गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासी तथा दोलखाका राजनितिक दलका नेता तथा कार्यकर्ताहरु गंगालाल ह्ृदयरोग केन्द्र बाँसबारीमा पुगेका छन् । अन्दाजी ५० वर्षिय तमाङ गत वर्ष भएको स्थानीय तहको निर्वाचनमा गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसको राजनितिमा लामो समयदेखि सक्रिय तमाङ कांग्रेस र माओवादीको गबन्धनबाट विजयी भएका थिए । उनी २०७९ साल वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए ।